logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • यस्तो छ ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडियो

    यस्तो छ ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडियो

    1.7K
    Shares

    एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उसको ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ । 

    भिडियोमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबोटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ । भिडियोमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।

    ‘पर्सिभिअरन्स रोभर’ ले मङ्गल ग्रहको सतहमा फेब्रुअरी १८ तारिकका दिन सफल अवतरण गरेको थियो । ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो ।

    नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो । एक हजार किलोग्राम तौल भएको उच्च प्रविधियुक्त रोबोटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend