logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सेनाको हवाइ आक्रमणबाट सात आईएसका लडाकुको मृत्यु

    सेनाको हवाइ आक्रमणबाट सात आईएसका लडाकुको मृत्यु

    2.2K
    Shares

    काठमाडौं । इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट समूहका सात लडाकु मारिएका छन् ।

    इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो । आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा आतंकवादीहरुले आफ्ना गतिविधि केन्द्रीत गरेका थिए । सेनाले लामो समयदेखि कारवाहीका लागि तयारी गरीरहेको बताइएको छ । अमेरिकी सेनाको कारवाही तीव्र भएपछि सने २०१७ देखि इराकमा सो समूहरुको प्रभाव कमजोर रहेको बताइएको थियो ।

    तर पछिल्लो समय फेरि सो समूहले आफ्ना सशस्त्र गतिविधि बढाउन थालेपछि सेनाले कावाहीलाई निरन्तरता दिएको त्यहाँको सरकारले जनाएको छ । यसैबीच आपराधिक गतिविधि नियन्त्रणका लागि विद्रोहीविरुद्धको कारवाहीलाई फेरि निरन्तरता दिने इराक सरकारले जनाएको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend