logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

    म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

    3.9K
    Shares

    काठमाडौं। म्यानमारमा सैन्य ’कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेका बीबीसीले जनाएको छ ।

    म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएको थियो । तर, सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो । गएको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

    प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव धाँधली भएकाले फेरि चुनाव गर्नुपर्ने सेनाले बताउँदै आएको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend