काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एक हजार बढीले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी मंगलबार भने एक हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।