logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पुस ५ पछि हामी रक्तपातविहीन युद्धमा छौँ, हाम्रो जीत हुनेछ: प्रचण्ड

    पुस ५ पछि हामी रक्तपातविहीन युद्धमा छौँ, हाम्रो जीत हुनेछ: प्रचण्ड

    3.3K
    Shares

    काठमाडौं। विभाजित नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु रक्तपातविहीन युद्धमा भएको बताएका छन्। काठमाडौंमा मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरु रक्तपातविहीन युद्धमा रहेको र यसमा आफूहरुकै जीत हुने बताएका हुन्। 

    प्रधानमन्त्री केपी ओलीले फुट, विघटन र बिसर्जनको बाटो रोजेको भन्दै आफूहरुले एकताको झण्डा उठाएको प्रचण्डको भनाइ थियो। 

    हामीले एकताको झण्डा उठायौँ, प्रचण्डले भने, “केपीजीले पार्टी फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो ।”

    ओलीले मुद्दा हारिसकेको भन्दै प्रचण्डले व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध आफूहरुले जित्नु बताए। अदालतप्रति आफूहरूको विश्वास रहेको भन्दै प्रचण्डले सही फैसला आउनेमा विश्वस्त भएको बताए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend