logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भयाे : रविन्द्र मिश्र

    तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भयाे : रविन्द्र मिश्र

    1.8K
    Shares

    काठमाडाैं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भएको बताएका छन् ।

    सर्वाेच्चकाे फेसलापछि सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले ट्विटरमा लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो । सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन । ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन् ।’

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे हाे । फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बाेलाउन आदेश समेत दिइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend