logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • संसद पुनर्स्थापनाको फैसलापछि प्रचण्डले भने – ‘लोकतन्त्रको जीत भएको छ, नेपाली जनतालाई बधाई’ 

    संसद पुनर्स्थापनाको फैसलापछि प्रचण्डले भने – ‘लोकतन्त्रको जीत भएको छ, नेपाली जनतालाई बधाई’ 

    2.4K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसलालाई नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्।

    अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा भएको र जनताको जित भएको बताएका छन् । मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

    उनले भने-‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई छ।’

    सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश समेत जारी गरेको छ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न १३ वटा रिट निवेदन दर्ता भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend