काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।
“सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो। सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।” सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 23, 2021
संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु। 2/2
जय नेपाल ।— Sher Bahadur Deuba (@DeubaSherbdr) February 23, 2021