logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विरोधका बाँकी कार्यक्रम विजय जुलुसमा परिणत भयो : प्रचण्ड

    विरोधका बाँकी कार्यक्रम विजय जुलुसमा परिणत भयो : प्रचण्ड

    1.9K
    Shares

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीमा लाज र नैतिकता बाँकी छ भने राजीनामा दिन आग्रह गरेका छन् । उनले भने – ओलीको गफ र भ्रममा भएका पार्टीका साथीहरुलाई म भ्रम मुक्त हुन आग्रह गर्दछु । केपी ओलीमा नैतिकता बाँकी छ भने राजीनामा दिनोस् ।’

    मंगलबार साँझ संसद पुन:स्थानपना गर्ने सर्वोच्च अदालतको फैसलासँगै अध्यक्ष प्रचण्डले यो जीत नेपाली जनता, संविधानविद्, पत्रकार, बौद्धिक समुदायको भएको प्रतिक्रिया दिएका हुन् । चितवनको एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड-नेपाल समूहको यस अघि घोषणा भएका विरोधका बाँकी कार्यक्रम अब विजय जुसृुलमा परिवर्तन हुने बताएका छन् ।

    उनले भने –’अबको विरोध प्रदर्शन विजय जुलुसमा परिणत भयो । यो विजय उत्सव देशव्यापी रुपमा मनाउन आग्रह गर्दछु । यो जीत नेपाली जनताको हो । हामी सबैलाई बधाई । यो साहसिक फैसला हो न्यायाधीश प्रधानन्यायाधीश सबैलाई बधाई ।’

    त्यस्तै उनले आफूहरुको लडाईं कुर्सीको लागि नभई संविधानको लागि भएको बताएका छन् । उनले भने ‘हामी अब पनि सहमतिबाट अघि बढ्ने छौँ । मैले पहिले पनि भनेको थिएँ, यो लडाईं कुर्सीको निम्ती होइन, संविधानको निम्ती हो ।’

    सर्वोच्च अदालतको यो फैसलालाई विभिन्न पार्टीका नेताहरुले स्वातयोग्य भएको प्रतिक्रिया दिएका छन् । यो फैसलासँगै पुष ५ पछि सरकारले गरेका सबै निर्णय रद्द भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend