logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्च अदालतको फैसलाले मुलुक थप अस्थिर र जटील समस्यामा : ईश्वर पोखरेल

    सर्वोच्च अदालतको फैसलाले मुलुक थप अस्थिर र जटील समस्यामा : ईश्वर पोखरेल

    1.5K
    Shares

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई थप अस्थीर र जटील बनाउने बताएका छन् । सर्वोच्चको निर्णयलाई मानेपनि सम्मान भने गर्न नसकिने उनले बताएका छन् ।

    सामाजिक सञ्जार ट्वीटरमा उलने लेखेका छन्–’सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउँनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’ त्यस्तै उलने ताजा जनादेशको माध्यमबाट राजनीतिक समाधान गर्ने प्रधानमन्त्रीको प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको आरोप लगाएका छन् ।

    उनले भनेका छन्–’सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ ।’

    सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।

    — Ishwar Pokhrel (@IshwarPokhrel) February 23, 2021 “>

    मंगलबार साँझ संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उक्त फैसलापछि विभिन्न पार्टीका राजनीतिक व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।

    यो फैसलासँगै प्रतिनिधि सभा विघटन गरेर सरकारले ५ पुस पछि गरेका राजनीतिक नियुक्ति स्वतः खारेज भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएपछि सरकारले गरेका नियुक्ति खारेज गर्न भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend