काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले केपी ओलीले ढिला नगरी प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उलने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग समेत गरेका छन् ।
त्यस्तै गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर ऐतिहासिक फैसला गरेको भन्दै निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा उल्लेख गरेका छन् ।