अनलाइन सपिंग प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनी ब्यक्ति बनेका छन् । टेस्ला कम्पनीका मुख्य कार्यकारी सिइओ एलन मस्क जनवरीमा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर यसको एक महिनापछि नै उनी फेरि पछाडि परेका छन् ।
एक महिनाअगाडि टेस्लाको सेयर मूल्य उच्च भएपछि मस्कको जम्मा सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पुगेको थियो । तर पुन सेयरमा गिरावट आएपछि उनी दोस्रो स्थानमा झरेका छन् ।
मस्कलाई बेजोसले पछाडि छोड्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । एजेन्सीका अनुसार यी दिनमा बिटक्वाइनमा आएको गिरावटले समीकरण परिवर्तन गरेको छ । यस गिरावटका कारण टेस्लाका लगानीकर्ताले आफ्नो सेयर बेच्नु पर्न सक्ने बताइएको छ । एजेन्सी