दिल्ली । भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा स्वास्थ्य उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।
भट्टराईको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ । हिजोको परीक्षणपछि थप PET-SCAN र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् ।
PET-SCAN, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुने र निदानको बारेमा अन्तिम टुंगो लाग्ने भट्टराईका प्रेस सल्लाहकार विश्वद्विप पाण्डेले जानकारी दिएका छन्।