logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीको राजीनामाबारे के भन्छन् उनका सल्लाहकारहरु ? 

    प्रधानमन्त्रीको राजीनामाबारे के भन्छन् उनका सल्लाहकारहरु ? 

    2.3K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको आदेश सबैले मान्नुपर्ने तर त्यसले अहिलेको राजनीतिक समस्या हल नहुने प्रतिक्ररिया  दिएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला विवादस्पद रहेको बताएकका छन् । सामाजिक सञ्जाालमार्फत थापाले सर्वोच्चको फैसलाको प्रभाव आगामी दिनहरुमा देखिने, अब देशमा थप अस्थिरता र सत्ताको खेल सुरु हुने बताएका हुन् ।  

    सल्लाहकार थापाले ओलीले राजीनामा नदिने र प्रतिनिधिसभामा सामना गरेर सर्वोच्चको फैसला कार्यान्वयन गर्ने समेत बताएका छन् ।

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि सर्वोच्चको फैसला सबैले मान्नुपर्नेमा जोड दिएका छन् । यद्यपि, उनले उक्त फैसलाले जारी राजनीतिक समस्या भने हल नहुने दाबी गरेका छन् ।

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि सर्वाेच्चकाे फैसला मान्नुपर्ने तर अहिलेकाे जटिल राजनीतिकाे निकास नआउने तर्क प्रस्तुत गरेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सरकारको निर्णयलाई मङ्गलवार बदर गरिदिएको हो । अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न र १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend