काठमाडौं । नेकपा केपी शर्मा ओली समूहको आज बिहान साढे ८ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पनि बैठक बस्ने गरी बुधबार स्थायी कमिटी बैठक सकिएको थियो । यदपी आजको बैठका लागि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।