सामाजिक सञ्जाल कम्पनी फेसबुकले बिहीबार म्यान्मारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध लगाएको बताएको छ। सैन्य कूविरूद्ध प्रदर्शन भइरहेका बेला फेसबुकले सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
म्यानमारको सेनासँग आवध सबै खाताहरू सेनाको माताहतमा रहेका कम्पनीहरुको विज्ञापनहरु प्रकाशनमा रोक लगाएको छ ।म्यानमारको सेनाले फेबु्रअरी १ मा त्यहाँको सत्ता कब्जा गरेको थियो । यसभन्दा अगाडि फेसबुकले सेनाको पेज पनि बन्द गरेको थियो ।
सैन्य कु पछि भएको संकटकालीन अवस्था र हिंसात्मक घटनाले सामाजिक सञ्जालको सुविधाबाट बञ्चित गर्नुपरेको फेसबुकले जनाएको छ । कु पछि फेसबुकले टिभीसहित सेनासँग सम्बन्धित धेरै खाताहरु बन्द पनि गरिदिएको छ । एजेन्सी