logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • महिला लघुवित्तको आइपीओ बाँडफाँड : १५ लाखको हात खाली

    महिला लघुवित्तको आइपीओ बाँडफाँड : १५ लाखको हात खाली

    2.2K
    Shares

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार बिहान साधारण सेयर (आइपीओ)  बाँडफाँड गरेको छ । 

    सो कम्पनीको आइपीओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। जस मध्ये ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ भने ३७ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १५ लाख २ हजार ५ सय ३५ जना आवेदकको भने हात खाली भएको छ ।

    मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५ सय १० जनाले मात्रै सेयर पाएका हुन् ।

    महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend