२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सङ्घीय गणतन्त्रको रक्षामा सबै एकजुट हुनुपर्छ: शेरधन राई

मंगलवार , बैशाख २, २०८२

मोरङ । नेकपा (एमाले) का स्थायी समिति सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

एमाले विराटनगर महानगर कमिटीद्वारा आज आयोजित दुई दिने अधिवेशनको उद्घाटन गर्दै उनले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारीविरुद्ध पार्टीले देशभर जनजागरण अभियान सुरू गरेको प्रष्ट पारे ।

प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताए ।

एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ता एकढीक्का भएर मिसन–८४ लाई सफल बनाउनुपर्ने विचार राखे । एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्बर राईले पार्टीले तय गरेका राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न हामीसबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट