२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

१५ करोड ४६ लाखको पाठ्यपुस्तक बिक्री

बुधवार , बैशाख ३, २०८२

अत्तरिया, कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पा्ययपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पा्ययपुस्तक बिक्री गरेको हो ।

गत चैत १७ गतेबाट पा्ययपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पा्ययपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए। प्रदेशमा चालु शैक्षिकसत्र २०८२ मा रु २५ करोड बराबरका १८ लाख १७ हजार थान पा्ययपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

उनका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पा्ययपुस्तक विक्री वितरण भएको छ ।

त्यसैगरी, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पा्ययपुस्तक बिक्री वितरण भएको उहाँले जानकारी दिए ।

प्रदेशका सात पहाडी जिल्लामा लगभग पा्ययपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पा्ययपुस्तक गइरहेको उनले जानकारी दिए । उनले भने, “हामीले सुरुमा पहाडी जिल्लामा पा्ययपुस्तक बिक्री वितरण गरेका थियौँ । कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पा्ययपुस्तक गइरहेको छ । भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पा्ययपुस्तक पाउनुहुन्छ ।” केन्द्रले गत शैक्षिकसत्र २०८१ मा रु २२ करोड ५७ लाख बराबरका पा्ययपुस्तक बिक्री गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट