मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

k|1fsf] k':ts k|bz{gLdf kf7s sf7df8f}F, !# kmfu'g M /fli6«o k|hftGq lbj;sf cj;/df g]kfn k|1f k|lti7fgn] cfof]hgf u/]sf] kGw|lbg] k':ts k|bz{gLdf cWoog/t kf7s . kmfu'g ! ut]b]lv ;'? ePsf] k|bz{gL kmfu'g !% ut];Dd hf/L /xg]5 . t:jL/ M k"0f{k|;fb ld>÷/f;;

काठमाडौं । सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ ।

नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले बताए । उनले प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुटको व्यवस्था रहेको बताए । शब्दकोषहरुमा समेत २० देखि २५ प्रतिशतसम्म छुट रहेको सुवेदीले बताए ।

उनले भने, ‘हामीले प्रष्ठिानमा भएका पुस्तकहरुको बिक्रीको लागि समय समयमा पुस्तक प्रदर्शनहरु गर्ने गरेका छौं । खास गरेर नयाँ वर्षको अवसरमा र अन्य समयमा पनि हामी पुस्तक प्रदर्शन गर्छौं । नयाँ वर्ष २०८२ सालको अवसरमा हिजोदेखि हामीले पुस्तक प्रदर्शन सुरु गरेका छौं । यस प्रदर्शनमा नेपालका बहुमूल्य कृतिहरु हामीसँग छन् । हामीसँग रहेका अंग्रेजी र संस्कृति लगायत पुस्तकका लागि छुटको पनि व्यवस्था गरेका छौं । २०७० सालसम्मका पुस्तकका लागि ६० प्रतिशतसम्म छुट र त्यसयता प्रकाशनमा आएका पुस्तकहरुको लागि ४० प्रतिशत छुट दिइएको छ । त्यसैगरी शब्दकोषहरु हेरेर २०÷२५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।’

प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल लगायतका पुस्तक र कृतिहरु राखिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend