काठमाडाैं । साउदी पत्रकार जमाल खशोग्गी हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ । अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले शुक्रबार खशाेग्गीकाे हत्याकाे आदेश दिएकाे दाबीसहितकाे रिपोर्ट सार्वजनिक गरेकाे हाे ।
उक्त रिपोर्टमा साउदी युवराजले उनको हत्याको योजनालाई सहमति दिएकाे उल्लेख छ ।
पत्रकार खाशोग्गीको अक्टाेबर २०१८ मा टर्कीको साउदी वाण्ज्यि दूतावासभित्र हत्या गरिएको थियो । खशोग्गी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए ।
तर साउदीका युवराज मोहम्मदले भने खशोग्जीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरिरहेका छन् । पत्रकार खशोग्गी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।