
काठमाडौं । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले पाँच वर्षको समयावधि दिने पनि निर्णय गरेको छ ।
यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको मूल्याङ्कनबाट सीडीपीले नेपाललाई विकासशील राष्ट्रका लागि सिफारिस गरेको हो ।
नेपालले प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्ड र तिनकाे स्तरोन्नतिका लागि योग्य भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend