logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ५५ वर्षमाथिका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउनु अघि यस्ता कुरामा ध्यान दिनुपर्छ

    ५५ वर्षमाथिका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउनु अघि यस्ता कुरामा ध्यान दिनुपर्छ

    5.4K
    Shares

    काठमाडौं । नेपाल सरकारे फागुन २३ गते देखि ५५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । तर बढी उमेर भएका वा दीर्घ रोग भएका व्यक्तिले खोप लगाउन मिल्छ या मिल्दैन भन्ने स्पष्ट हुनु आवश्यक छ । भारतले अनुदानमा दिएको १० लाख कोभिसिल्ड खोप मध्ये चार लाख भन्दा बढी प्रयोग भइसकेको छ । नेपालले भारतमा थप १० लाख कोरोनाविरुद्धको खोप खरिद गरेको छ । ५५ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिले खोप लगाउँदा ध्यान दिनुपर्ने कुराहरु केके हुन् त ?

    सामान्यत सबैले खोप लगाउनुपर्ने अझ ५५ वर्ष भन्दामाथिका उमेर समूहले त अनिवार्य खोप लगाउनुपर्ने संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी बताउँछन् । 

    उच्च रक्तचाप, मधुमेह वा अन्य किसिमका दीर्घ प्रकृतिका रोग भएकाहरुले झन् उमेर मात्र नभई रोगका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा पनि जोखिम बढी हुने भएकाले खोप लगाउन महत्वपूर्ण हुन्छ । 

    कोभिसिल्ड खोप रगत पातलो गर्ने खाले कडा औषधि प्रयोग गर्नेले चिकित्सकसँग सल्लाह गरेर मात्रै लगाउनुपर्छ ।
    खोप लगाउने दिन र लगाइसकेपछि के खाने के नखाने ?
    सामान्य सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन । खोप लगाएपछि ज्वरो आएजस्तो हुने, जिउ दुख्ने वा विसन्चो हुने लक्षण देखिन सक्छ । त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुनसक्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

    मद्यपानले शरीरमा पानीको मात्रालाई कम गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिने हुनाले मदिरा सेवन नगर्न डा. सुवेदी सुझाव दिन्छन् । 
    खोप लगाउनसाथ के गर्नुपर्छ ?

    खोप लगाउने वित्तिकै आफ्नो काममा हिँड्नु हुँदैन । कम्तीमा १५ देखि ३० मिनेट खोप केन्द्रमै बस्नुपर्ने डा. सुवेदीको भनाई छ । यसो गर्दा शरीरमा प्रतिक्रिया देखिए तुरुन्दै हेरविचार गर्न मिल्छ । 

    अरु औषधि सेवन गर्न हुन्छ कि हुँदैन ?
    कसैलाई ज्वरो आयो, जिउ दुख्यो भने प्रशस्त पानी पिउनुपर्छ र चिकित्सकले खान हुँदैन भनेका औषधि सेवन नगर्न सुझाव दिइएको छ । 
    (यो सामाग्री बीबीसी नेपालीको सहयोगमा तयार पारिएको हो । )


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend