logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनाविरुद्धको खोप निर्धक्कसंग लगाउँ: डा. बिमल कुमार थापा

    कोरोनाविरुद्धको खोप निर्धक्कसंग लगाउँ: डा. बिमल कुमार थापा

    4.5K
    Shares

    काठमाडौं । निजामति अस्पतालका सिनियर कन्सलटेन्ट डा। बिमल कुमार थापाले कोरोनाविरुद्धको खोप  निर्धक्कका साथ लगाउन सबैमा आग्रह गरेका छन्। केहि मानिसहरुमा खोपप्रति चासो र विश्वास नदेखिएको स्थितिमा ढुक्क भएर खोप लगाउन उनले आग्रह गरेका हुन्।  

    सुनौलो नेपालसंगको संक्षिप्त कुराकानीका क्रममा डा। थापाले भने, ‘यो खोप हामीले प्रत्येक बर्ष फ्लु, निमोनिया आदिको खोप लगाएजस्तो यो पनि कोभिड १९ विरुद्धको खोप हो। यो खोप कोभिड १९ विरुद्ध प्रभावकारी मानिएकोले कुनै शंका नगरी ढुक्कसंग लगाउँदा हुन्छ। ‘

    यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने उनले बताए। 

    खोप लगाएपछि यसले शरीरमा सामान्य प्रतिक्रिया ल्याउन सक्ने जस्तै सामान्य रुघा, शरीर तात्ने, घाँटी दुखेजस्तो हुने तर यसबाट आत्तिनु भने नपर्ने डा। थापाको भनाइ छ। खोप लगाएपछि सामान्य प्रतिक्रिया देखाए पनि नकारात्मक असर भने नगर्ने उनले बताए। 

    यो खोप गर्भवती महिला, बच्चालाई दुध चुसाइरहेका सुत्केरी महिला, बच्चाहरु, एलर्जीका विरामीहरु, दीर्घरोगीहरुले बाहेक सबैले यो खोप निर्धक्कका साथ लगाउन उनले आग्रह गरे। 

    आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाउने कार्यतालिका थियो। 

    यसअघि फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई कोरोना खोप लगाइएको थियो। सर्वसाधरणलाई भने सरकारले फागुन २३ गतेबाट कोरोना खोप उपलव्ध गराउँदै छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend