logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल बैंकको विभिन्न पदमा एक सय ९२ जनाका लागि जागिर खुल्यो

    नेपाल बैंकको विभिन्न पदमा एक सय ९२ जनाका लागि जागिर खुल्यो

    3.4K
    Shares

    काठमाडौं । नेपाल बैंक लिमिटेडले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ जनाका लागि दरखास्त आह्वान गरेको छ । यसको विस्तृत जानकारी बैंकले आजको गोरखापत्रमा सूचना निकालेर दिएको छ।

    लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

    आवेदनका लागि आज देखि चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्न सकिन्छ । तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 
    आवेदनका नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।

    155092435_274569734066049_4218770197295120106_n.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend