२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन, सत्ता गठबन्धनमा कुनै समस्या छैन : देउवा

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको समेत बताए । उनले सत्ता गठबन्धनमा समेत कुनै समस्या नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धमा समस्या नरेहको बताए ।

उनले वर्तमान निर्वाचन प्रणालीमा कुनैपनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताए ।

उनले भने, ‘कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर काँग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’

वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट