२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रधानमन्त्री ओलीसँग एशियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

मंगलवार , बैशाख २३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियाली भुक्तानी नेटवर्क (एपिएन) को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन् ।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट