२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

यो सरकार सहमति अनुसार नै अगाडि बढ्छ, फेरिँदैन : गृहमन्त्री लेखक

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् ।

बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको आयोजना तथा द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन'मा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै लामो नभएको बताए। उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरेपनि अहिलेको सरकार परिवर्तन नहुने जिकिर गरे। उनले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन/चार वटा अरु पनि कट्ने दाबी गरे ।

गृहमन्त्री लेखकले भने, ‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन कि पहिला पहिला १०/१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौँ ।’

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताउँदै उनले कानूनको अपूर्णताका कारण कामहरु अवरुद्ध भएको बताए । ९ महिना यताको समयमा आफूहरुले कानूनलाई पूर्णता दिएको उनको भनाइ छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट