काठमाडाैं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
यी बुँदामा भएको छ सहमति :
१. दुवैपक्ष, सरकार र नेपल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या बार्ता तथा संवादबाट गर्न सहमत भएका छौँ ।
२. नेकपाले सबै राजनीनिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन कारागारमा भएका पार्टीका नेतने कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।