२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सांसद् प्रकाश ज्वालाले राखे संविधान संशोधनको प्रस्ताव

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । आज बिहीबारको प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद् प्रकाश ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले भने, 'यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन । राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुनेगरी संविधान संशोधन गरौँ भन्ने प्रस्ताव छ ।'

सांसद ज्वालाले राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । सङ्घीयता सबलीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने, संवैधानिक आयोगसहितका संरचना घटाउने, महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नेगरी संविधानलाई समय सान्दर्भिक र जनमुखी बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउन विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको विभिन्न उदाहरणसहित प्रस्तुत गरे । उनले भने, 'यो नीति तथा कार्यक्रममा कतिपय विषयवस्तु पुराना दोहोरिएका छन् । खाद्यवस्तुमा दुई वर्षभित्र आत्मनिर्भर हुनेगरी कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी ?', उनले प्रश्न गरे ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट