logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विप्लवले दिए सुरक्षा निकायका सबैलाई धन्यवाद 

    विप्लवले दिए सुरक्षा निकायका सबैलाई धन्यवाद 

    1.7K
    Shares

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले सरकारसँग तीनबुँदे सहमति हस्ताक्षरपछि सुरक्षा निकायका सबैलाई धन्यवाद दिएका छन् ।

    सरकारसँग सहमति पत्रमा हस्ताक्षर भएपछि उनले वार्ताका लागि सहयोग गर्ने बार्ता टोलीलगायत नेपाल सरकार, कानुनविद्, पत्रकार, साहित्यकार, सुरक्षा निकायका सेना, प्रहरीलगायत सम्पूर्णलाई धन्यवाद दिएका हुन् ।

    उनले तीनबुँदे सहमतिले नेपाललाई सुन्दर बनाउने अभिव्यक्ति पनि दिए । उनले भने, ‘नेपाल सरकार र कम्युनिष्ट पार्टीको मात्र होइन नेपाललाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने नेपालको समृद्ध बनाउने चाहाना यो भित्र रहेको छ । यसका लागि हामीले सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त गरेका छौँ यसका लागि हामी खुशी छौँ ।’

    विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend