logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्डले संसद सचिवालयमा दर्ता गराएको पत्रको कुनै कानूनी आधार र औचित्य छैन: मुख्य सचेतक भट्टराई

    प्रचण्डले संसद सचिवालयमा दर्ता गराएको पत्रको कुनै कानूनी आधार र औचित्य छैन: मुख्य सचेतक भट्टराई

    2.3K
    Shares

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक  विशाल भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा दर्ता गराएको पत्रको कुनै कानूनी आधार र औचित्य नरहेको बताएका छन्।  

    प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले संसदीय दलको विधान अनुरुप निर्वाचित संसदीय दलको नेत केपी शर्मा ओली रहेकाले अरु कसैले दर्ता गरेको पत्रको कुनै औचित्य नरहने बताएका हुन्। 

    ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन सक्दैन ।’ संसदीय दलको तर्फबाट भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    दलका नेता ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको भन्दै प्रचण्ड- नेपाल समूहका सांसदहरुले संसद सचिवालयमा पत्र दर्ता गराएका थिए। 

    bishal bhattarai.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend