काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित उनकै निवासमा पुगेका छन् ।
उपाध्यक्ष गौतम लडेर घाइते भएकाले स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री ओली त्यहाँ गएको बताइएको छ।
विशुद्ध पारिवारिक र मानवीय भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।
नेकपा ओली समूह र प्रचण्ड-माधव समूहमा विभाजित बनेपछि गौतम दुवै पक्षमा नलागी पार्टी एकता अभियान संचालन गर्दै आएका छन् ।
राजनीतिक जटिलताका वेला प्रधानमन्त्री ओली र नेता गौतमबीच भएको यो भेटलाई राजनीतिक रुपमा पनि अर्थपूर्ण रुपमा लिइएको छ।