logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री ओली नेतृत्व नेकपा संसदीय दलको बैठक आज

    प्रधानमन्त्री ओली नेतृत्व नेकपा संसदीय दलको बैठक आज

    5.4K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा संसदीय दलको बैठक बस्ने भएको हो ।

    औपचारिक विभाजन नभए पनि नेकपाको दुवै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन् । शुक्रबार प्रचण्ड–नेपाल समूहको नेकपा संसदीय दलको बैठक बसेको थियो । बैठकले प्रचण्डलाई संसदीय दलको नेतासमेत चयन गरेको छ ।

    दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।

    शनिबार बस्ने ओली समूहको बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएको छ । बैठकमा दाहाल–नेपाल समूहका सांसद पनि बाेलाइएकाे बताइएकाे छ । 

    दाहाल-नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने निर्णय गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend