logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • हरियाली बढाउन पैसठ्ठी हजार बिरुवा वितरण गरिँदै

    हरियाली बढाउन पैसठ्ठी हजार बिरुवा वितरण गरिँदै

    455
    Shares
    हरियाली बढाउन पैसठ्ठी हजार बिरुवा वितरण गरिँदै

    तनहुँ । हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो ।

    उत्पादित तयारी बिरुवा असारको तेस्रो सातादेखि वितरण गर्ने कार्यालयको योजना छ । विगतको तुलनामा यस वर्ष थोरै बिरुवा हुर्काइएका छन् । वन कार्यालयको नर्सरीमा तीस हजार डाले घाँसका बिरुवा उत्पादन गरिएका वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

    राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीका बिरुवा अधिक छन् । हरियाली वृद्धिका साथै पशुपालन किसानलाई लक्ष्यित गरी डाले घाँसलाई प्राथमिकतामा राखिएको उनले बताए ।

    नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।

    “पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाले घाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ”, अधिकृत श्रेष्ठले भने , “प्रदेश सरकारबाट बजेट कम विनियोजन भएका कारण यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।”

    चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend