२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

आइतवार , बैशाख २८, २०८२

भरतपुर (चितवन) । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले अनुसार अहिले ट्रक अन्यत्र सार्ने काम भइरहेको छ र दुर्घटनामा मानवीय क्षति नभएको बताए ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट