logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कविता : ‘कम्फर्टेबल’ राजनीति

    कविता : ‘कम्फर्टेबल’ राजनीति

    5K
    Shares

    मिलाउनु छ अब मैले मेरो, मोदीसँग लेबल ।
    बन्छ अब सरकार पनी भारतकै कम्फर्टेबल ।
    सुन्न सक्दिन अब म सडकमा, आइ लभ यु के पी ओली ।
    कांग्रेस र जसपासँग मिलेर बनाउँछु सरकार भोलि ।

    बाँडी चुँडी खाउँ भनेर हाम्रो भाको थ्यो सहमति ।
    खान्छ कटक्क मेरा यी मनहरु हेर्दा विकासका गति ।
    पेवा झैँ बनायौ कुर्ची छाडेन मलाई पनि ।
    नबन्नु है लोकप्रिय भनेर कयौं पटक नै भनि ।

    राम्रो बन्नु पर्छ विदेशीहरुसँग हुँदैन बिजाउन ।
    मेरो प्रयास रहने छ सधै भरी भारतलाई रिझाउन ।
    आफ्नै लागि बाँचेको भए धनी नै हुन्थेँ होला ।
    एक कठ्ठा जमिन अनी छन् सम्पति सुन तीन तोला ।

    आजसम्म कतै कहिल्यै छैन मैले ढाँटेको।
    चुनाव जित्न सिराहामा मत पेटिका साटेको ।
    मत पत्र च्यातेर चितवनमा जनताको कदर गरे ।
    जिताउन भनेर छोरी मेयरमा चुनाव नै बदर गरे ।

    जान्या छैन मैले आजसम्म कोहीसँग हार्न भनि ।
    सोझा हुन् की निमुखा कोही छाेडिनँ मार्न पनि ।
    लाग्या होला हिजो जंगलमा रोएर आँखा मिचेँ ।
    त्यो बेला पनि म बस्थेँ भारतमा उहीबाट रिमोट थिचेँ ।

    सडकमै पुर्‍यायाै हामीलाई संसद विघटन गरी ।
    धेरै पटक आशा देखायौ तिमीले कुर्चीको घरी घरी ।
    अदालत बाट आयो नतिजा हौसल्ला राम्रै पायौँ ।
    खुशीको सिमाना रहेन हाम्रो बाँडेर लड्डु खायौँ ।

    फाइदा हुन्छ भने मलाई फेर्दिन्छु आफ्नै बोली ।
    मुर्ख हुन् की नोपाली जनता भन्छन् राजनेता ओली ।
    आयु बढाउदै गयौ म बसिरहेँ तिम्रै मृत्यु पर्खेर ।
    लोकप्रियता देखेर ओलीको, यमराज पनि गए फर्केर ।                                


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend