काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड पिडित मुस्कान खातुनलाई बधाई दिएकि छिन्।
तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ खातुनलाई प्रदान गरिने घोषणा गरिएकोमा राष्ट्रपतिले खातुनलाई बधाई दिएकि हुन्।
ट्वीट गरी राष्ट्रपति भण्डारीले खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकि छिन्।
एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !
— Bidya Devi Bhandari (@PresidentofNP) March 6, 2021