काठमाडौं। प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुशी व्यक्त गरेका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विप्लव आफूले कोरेकै गोरोटोमा आएको भन्दै पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको बताएका हुन्।
‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनु भयो’, उनले भने, ‘विप्लव अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, उहाँहरुलाई धन्यवाद भन्न चाहन्छुु
प्रचन्डले यस्तै कार्यक्रममा विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको बताए।
प्रतिवन्धित अवस्थामा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाल सरकारबीच शुक्रबार ३ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो। शुक्रबार
शुक्रबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।