काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ।
बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित भएको दावी गरिएको छ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सो संख्यामा सांसदहरु उपस्थित भएको नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन्।
भट्टराईले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । साथै यो संख्या भोलि अझै बढ्ने उनको दावी छ।
यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा पनि ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो।