काठमाडौं। नेकपा प्रचण्ड -नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटासंग भेट गरेका छन्।
प्रचण्ड र नेपालले आइतबार बिहान संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्।
उनीहरुबीच आज ४ बजे बस्न लागेको प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशनबारे छलफल भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आज पहिलोपटक बस्न लागेको संसद् बैठकअघि नेकपाका दुवै पक्ष छलफलमा जुटेका छन्।