logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चको फैसलालाई मानेर अगाडी बढ्छौँ: प्रधानमन्त्री ओली

    सर्वोच्चको फैसलालाई मानेर अगाडी बढ्छौँ: प्रधानमन्त्री ओली

    1.6K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई मानेर अगाडी बढ्ने बताएका छन्। 

    सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको फैसला सुनाएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। 

    संघीय संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको  सम्मान गर्ने भन्दै फैसलालाई मानेर अगाडी बढ्ने बताए। 

    सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।  यो फैसलासँगै अब केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएपछि निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुध्ने गरि प्रचण्ड–ओली नेतृत्वको पार्टीलाई नेकपा नाम दिएको थियो ।

    कट्टेलले निर्वाचन आयोगमा सो विषयमा दिएको उजुरी आयोगले खारेज गरिदिएको थियो । सो उजुरी खारेज भएपछि कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगविरुद्ध  सर्वोच्च अदालतमा मद्दा दायर गरेका थिए । 

    कट्टेलको पक्षमा फैसला आएपछि अब नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम फेर्नुपर्ने भएको छ । अब ओली र प्रचण्ड वैधानिक रुपमा अध्यक्ष रहेकाले नाम फेर्न दुवैजना जानुपर्ने भएको छ । यसले राजनीतिलाई नयाँ मोडमा लगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend