logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री अल्पमतमा, के हुन्छ सभामुखको वैद्यानिकता ?

    प्रधानमन्त्री अल्पमतमा, के हुन्छ सभामुखको वैद्यानिकता ?

    2.3K
    Shares

    काठमाडौं । सर्वोच्चको फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र ब्यूँतिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् ।

    प्रतिनिधिसभामा तत्कालीन एमालेको १ सय २१ सिट संख्यामध्ये एक सांसद सानु शिवाको निधन भएकाले हाल १ सय २० सांसद छन् । एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिक तर्फ ४१ सिट जितेको थियो। २ सय ७५ सदस्यीय संसदमा बहुमतका लागि १ सय ३८ संख्या आवश्यक पर्छ ।

    एमालेको हाल कायम संख्याले बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । बहुमत साबित गर्न उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र वा जसपाको साथ चाहिन्छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिट जितेको थियो। कांग्रेसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन्।

    त्यस्तै नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ गरी ५३ सिट जितेको थियो। जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद छन्। एकीकरण अघि राजपाका १७ र समाजवादी पार्टीका १७ सांसद थिए। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा रहेका छन्। यस्तोमा एमालेले कांग्रेस वा जसपा कुनै दलसँग मिले पनि बहुमत कायम गर्नसक्छ भने एमालेको बहुमत पुग्न नदिन बाँकी तिन वटै दल कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्छ ।

    निर्वाचनमा थ्रेसहोल्डको मापदण्ड पुरा नगरेकाले संसदीय दल गठन गर्न नपाएका राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १÷१ सांसद छन्। १ जना स्वतन्त्र सांसद छन्। सर्वोच्चको फैसलासँगै सभामुख अग्निप्रसाद सापकोटाको वैद्यानिकतामाति पनि प्रश्न उठेको छ । सापकोटा नेकपाको साझा उम्मेदवारका रुपमा सभामुखमा निर्वाचित भएका थिए । नेकपाको वैद्यानिकता ऋषि कट्टेलले पाएपछि सभामुखका रुपमा उनको वैद्यानिकता के हुने प्रश्न उठेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend