logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भीम रावललाई ओलीको जवाफ: प्रधानमन्त्री कुन पार्टीको हो भनेर सर्वोच्चमा सोध्न जाऊ

    भीम रावललाई ओलीको जवाफ: प्रधानमन्त्री कुन पार्टीको हो भनेर सर्वोच्चमा सोध्न जाऊ

    4.9K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने कुराको जवाफ थाहा पाउन सर्वोच्च अदालत जान आग्रह गरेका छन्। 

    आइतबार सर्वोच्च अदालतले नेकपा नाम नै खारेज गरेपछि प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्ड – नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न उठाएका थिए। 

    त्यसैको जवाफमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने जान्न मन लागे सर्वोच्चमा सोध्न जान रावललाई सुझाव दिएका हुन्।  ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे, ओलीले भने, ‘सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।’

    १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend