काठमाडौं। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अबैधानिक ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई नै मान्यता दिने गरि सर्वोच्च अदालतले फैसला गरेपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ। सर्वोच्चको यो फैसलासंगै माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको छ।
संकटमा परेको नेपाल समूहले अन्ततः नेकपा एमालेमै रहेर ओली प्रवृत्ति विरूद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ। नेपाल निकट पुर्वएमालेका स्थायी कमिटी सदस्यहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसैगरि माओवादी केन्द्रका नेताहरुको खुमलटारमा बसेको बैठकले पनि सर्वोच्च अदालतकै फैसलालाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
अहिले प्रचण्ड–माधव पक्षका नेताहरुको बैठक पेरिसडाँडामा जारी छ ।