logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सकियो, एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै भएर अघि बढ्ने निर्णय

    प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सकियो, एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै भएर अघि बढ्ने निर्णय

    6K
    Shares

    काठमाडौं । प्रचण्ड–माधव पक्षले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब छुट्टाछुट्टै भएर अगाडि बढ्ने निर्णय गरेको छ । 

    सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    साे पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले सो निर्णय गरेको जानकारी दिए । बैठकले सर्वोच्च अदालतले गरेको फैसला राजनीतिक भएको ठहर गरेको बताउँदै उनले भने, ‘तत्काललाई सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रकृया अन्तरगत माओवादी केन्द्र र नेकपा एमालेको प्रकृया अगाडि बढ्छ ।’

    उनले सर्वोच्चको फैसलाबारे न्यायीक पुनरावलोकनको प्रकृया पनि अगाडि बढाउने जानकारी दिए । अझैपनि वाम एकता जोगाउने प्रयास गर्ने उनले जानकारी दिए । 

    सर्वोच्च अदालतले आइतबार ‘नेकपा’ नामको विवादबारे मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा सुनाएको थियो । फैसलाले नेकपाको अधिकारीकता ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने भन्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो । 

    यस फैसलाले ओली पक्षलाई राहात मिलेको र प्रचण्ड–माधव पक्षलाई अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend