logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रचण्ड बीस महिनामै धुलोपिठो भए – विप्लप (भिडियो सहित )

    प्रचण्ड बीस महिनामै धुलोपिठो भए – विप्लप (भिडियो सहित )

    3.8K
    Shares

    काठमाडौँ – महासचिव नेत्रबिक्रम चन्द्र विप्लवले आफुहरुले छोडेपछि प्रचण्ड बीस  महिनामै धुलो पिठो भएको बताएका छन्।  

    सोमबार आफू नेतृत्व नेकपा निकट अनेमसंघ क्रान्तिकारीको सातौँ महाधिवेशनलाई सम्बोधनका क्रममा उनले भने ‘ प्रचण्डलाई २० बर्ष कसैले हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ भन्थे हामीले छोडेपछि बीस  महिनामै धुलो पिठो भए।  

    सम्बोधनमा विप्लपले भने प्रचण्डलाई माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार  गरेको आरोप लगाउदै भने  आफुहरुको  संघर्ष भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै जनमुक्ति सेनाको शिविरमा पनि ठूलो रकम भ्रष्टाचार भएको बताएका हुन्।

    तत्कालीन माओवादीका नेता समेत रहेका चन्दले २० हजार जनमुक्ति सेनाबाट प्रत्येक महिना पाँच हजार रुपैयाँका दरले क्रान्तिका लागि भनेर उठाइए पनि त्यसको हिसाबकिताब स्पष्ट नभएको उल्लेख गरे।

    विप्लवले भने, ‘जनमुक्ति सेनाको पैसामा भ्रष्टाचार भएको छ। २० हजार जनाको हिनामिना भयो। हिजो एक जनाको पाँच हजार काटेर १९ अर्ब खायो भनेर अहिले पनि बाहिर चर्चा छ।’

    महासचिव चन्दले अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको उल्लेख गर्दै प्रचण्ड र केपी ओलीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएको स्मरण गरे। ‘प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठको भ्रष्टाचारको आरोप लगाए। ओलीले म त के हुँ र सबै तिम्रो मान्छे हुन् भने। भ्रष्टाचारको अवस्था यस्तो छ’, चन्दले भने।

    उनले आफ्नो पार्टीले भ्रष्टाचार विरुद्ध संघर्ष गर्दा प्रतिबन्ध लाग्दा पनि संघर्ष जारी राखेको दाबी गरे। चन्दले भने, ‘हामीमाथि प्रतिबन्ध लागेपछि गाउँमा गयौँ, रुखका बुटामा सुत्यौँ। भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ। अहिले हामी त्यही एजेण्डा बोकर शहर फर्कियौँ।’

    उनले आफूहरु पूर्वप्रतिबद्धताबाट पछाडि नफर्किने बताए। ‘हामी त्यस्तै हुँदैनौँ। दश वर्षे लडाईंको प्रतिबद्धता, किसान मारिएको, सहिदका सपना पूरा गर्नुपर्छ, प्रतिबद्धता भुल्दैनौ,’ चन्दले भने।

    हेर्नुहोस भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend