logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, एमाले सचिवालय बैठक स्थगित

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, एमाले सचिवालय बैठक स्थगित

    1.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यता, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।

    सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् ।

    माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव ईश्वर पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए । यद्यपी तयारी नपुगेको भन्दै समय सारिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend