logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • माओवादी केन्द्रको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने

    माओवादी केन्द्रको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने

    2.9K
    Shares

    काठमाडौं।  सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्ने भएको छ।  

    बैठक दिउँसो १ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ। 

    बैठकले केपी ओली सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने स्रोतले जनाएको छ। 

    सर्वोच्च अदालतले आइतबार ‘नेकपा’ नामको विवादबारे मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा सुनाएको थियो । फैसलाले नेकपाको अधिकारीकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीले पाउने भन्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend