logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रघुजी पन्तविरुद्ध मुद्दा हाल्न अदालतमा कोमल वली 

    रघुजी पन्तविरुद्ध मुद्दा हाल्न अदालतमा कोमल वली 

    1.8K
    Shares

    काठमाडाैं । राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा एमाले नेता रघुजी पन्तको अभिव्यक्तिविरुद्ध अदालत पुगेकी छन् । मंगलबार गाली बेइजेतीको मुद्दा दिन वली जिल्ला अदालत काठमाडौं पुगेकी हुन् ।

    पन्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको अभिव्यक्ति दिएका थिए ।

    komal oli 2.jpg

    गायिकासमेत रहेकी वलीले आफूले नेता मानेका पन्तले निच अभिव्यक्ति दिएकाले अदालत जाने बताएकी थिइन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस किसिमकाे अभिव्यक्ति दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend